सम्पूर्णमा अभिवादन !

Chiran Pun

Pregressive Lyricist/Musician/Politburo member-CPN

img

परिचय

I am Mr Chiran Pun | Progressive Lyricist, Music Composer and Vocalist. | Politburo Member- Communist Party Of Nepal | Thank you. | पुस्तक | एकीकृत जनक्रान्तिका आधारहरू (लेखसङ्ग्रह २०७३) | सपनाका यात्री (गीतिसङ्ग्रह २०७९) गीति एल्बम | लौ आयो रातो खबर (२०७२) | चमचम गर्ने खुकुरी (२०७४) | क्रान्तिकारी रातो झन्डा (२०७५) | सपनाका यात्री (२०७७) | प्रतिबन्ध (२०७८) | साम्यवाद (२०७९) | मेरो देश (२०७९) एल्बमका फुटकर गीतहरू | रक्तिम परिवार भाग १० (२०५३) | रक्तिम परिवार भाग ११ (२०५४) | लालदस्ता (२०६३) | मुक्ति आन्दोलन (२०६४) | आवाज (भाग ४)

समाजमा बर्ग रहेसम्म बर्गसंघर्ष रहिरहने भएकाले श्रमीकबर्गको राज्यसत्ता वैज्ञानिक समाजवाद, साम्यवाद स्थापनार्थ आफ्नो तर्फबाट सकेको योगदान पुर्याउने ।

नेपालका विद्रोह र त्यसका शिक्षा हामीले नेपालको राजनीतिक सन्दर्भहरूलाई पनि हेर्न, जान्न र बुझ्न सक्छौँ कि अनेकौँ विद्रोह र क्रान्तिबाट हालसम्मका राजनीतिक अवस्थाको आगमन भएको हो । नेपालका प्रथम सहिद लखन थापाले राणा शासनविरुद्ध १९३३ तिर विद्रोह, राणा प्रधानमन्त्री जङ्गबहादुरको सरकारले लखन थापासहित ६ जना युवालाई गोर्खा मनकामनामा रुखमा झुन्ड्याएर हत्या गरे । प्रचण्ड गोरखाका सदस्यहरूले १९८८ मा भीम शमसेरमाथि बम प्रहार र त्यो बेला सङ्घर्षको दौरानमा ४ जनाको हत्या गरियो । २००४ सालमा स्थापना भएको नेपाली कांग्रेसले पनि आफ्नै सेना बनाएर राणा शासनविरुद्ध सशस्त्र सङ्घर्ष सुरु गरेको बेला तत्कालीन सरकारले दर्जनौँको हत्या भयो । २००८ सालमा सामन्तवाद र विस्तारवादविरुद्ध सुदूर पश्चिममा किसान नेता भीमदत्त पन्तले सशस्त्र विद्रोहको उठान गरे । पन्तको “कि जोत हलो कि छोड थलो नत्र हुने छैन भलो” को नारामा सयौँ युवा सामेल भए । अन्ततः भीमदत्तलाई झुन्ड्याएर मारियो । २००९ साल रुकुम जिल्लामा कामी बुढाले सशस्त्र विद्रोहको उठानपश्चात् राज्यको दमनद्वारा उनको हत्या गरियो । राजाको कूविरुद्ध नेपाली कांग्रेसले २०१८ सालमा सशस्त्र प्रतिरोध आन्दोलन सुरु ग¥यो । सोही साल माघ ५ गते जनकपुरको रङ्गभूमिमा राजाको गाडीमाथि बम प्रहार गरेको आरोपमा गिरफ्तार दुर्गानन्द झालाई २०२० सालमा फासि दिइयो । २००७ देखि २०१७ सालसम्म सञ्चालन भएको सङ्घर्षमा ८ जनाले ज्यान गुमाए । २०१८ माघमै कांगे्रसले भरतपुर कब्जा ग¥यो । सोही सेरोफेरोमा पर्सा, कञ्चनपुर, विराटनगर, रौतहट, गोरखा, ताप्लेजुङमा विभिन्न सशस्त्र गतिविधि भए । यो दौरानमा ११९ जनालाई निर्ममतापूर्वक मारियो । २०१९ असोज १७ गते पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा उत्रिएको बझाङी राजासहित ११ जना कांग्रेसी कार्यकर्तालाई शाहीसेनाले गिरफ्तार गरी वित्थडलेकमा हत्या ग¥यो । नेपाली कांग्रेसले सशस्त्र सङ्घर्षको क्रममा २०३१ सालमा ओखलढुङ्गाको टिमुरेबोटेमा ४१ जना कार्यकर्तालाई शाहीसेनाको मारे । गिरफ्तार परेका लडाकु टुकुडीका नेता यज्ञबहादुर थापालाई २०३५ मा कमला नदीमा लगेर गोली हानी मारियो । २०३१ सालमा राजा वीरेन्द्रमाथि विराटनगरमा बम प्रहार भयो । २०२७ सालमा तत्कालीन ‘झापा जिल्ला समिति नेकपा’ ले ‘वर्ग सत्रु खत्तम पार्ने’ विद्रोह सुरु गरे । त्यो दौरानमा २३ जनालाई राज्यले हत्या ग¥यो तर पनि आन्दोलन र जनताको विद्रोह रोकिएन । २०३० र ३१ सालमा झापामा किसान सङ्घर्ष उठ्यो । सोही सेरोफेरोमा सर्लाही, महोत्तरी, धनुक्षा, सिन्धुलीमा पनि किसान सङ्घर्ष चल्यो । २०३४ सालमा चितवनको जुगेडीमा किसान आन्दोलन उठाउने कोसिस गरियो । जुगेडीमा धर्मे र घोडे नामका दुई सामन्तको अन्न खोसेर जनतालाई बाँडियो । २०३६ सालको आन्दोलनमा ३४ जना मारिए भने २०३६ कै छिन्ताङ दमनमा १५ जनाको हत्या गरियो । सोही साल सुर्खेतकाण्डमा ७ जनालाई मार्ने काम भयो । २०३७ सालमा सिन्धुलीका केही युवाहरूले सामन्तवाद खत्तम पार्ने भन्दै दीर्घकालीन जनयुद्धको सुरु गर्ने भनेर विद्रोह उठान गर्न खोजे तर राज्यले व्यापक दमन गर्दै ऋषि देवकोटा ‘आजाद’, दुर्गा सुवेदी, दलबहादुर रजन मारिए भने अन्य जेलमा परे । २०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा रोल्पा–थबाङमा जनताले विद्रोह गरे । त्यस मतदान केन्द्रमा कर्मचारीको मात्र मत खस्ने स्थिति बन्यो । २०४० सालको सिन्धुपाल्चोकको पिस्करकाण्डमा ६ जनालाई मारियो । २०४२ साल असार ६ गते रामराजाप्रसाद सिंहको नेतृत्वमा राजदरबारवरिपरि, सिंहदरबार दक्षिण ढोका, राष्ट्रिय पञ्चायत भवनको आसपास बम प्रहार भयो । २०४२ साल चैतमा चुनावमा ध्वस्त बनाउन भन्दै तत्कालीन नेकपा (मशाल) का कार्यकर्ताले राजधानीका विभिन्न ९ ओटा सेक्टरमा आक्रमण भयो । २०४६ सालको जनआन्दोलनको दौरानमा पनि ४७ जनाले ज्यान गुमाउनुपरेको थियो । २०५२ साल तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा महान् जनयुद्ध सुरु भयो र त्यो १० वर्षसम्म चल्यो । त्यसमा ८८९५ हजारभन्दा धेरै सहिद बने । हजाराँै आजसम्म पनि बेपत्ता अवस्थामा छन् । हजारौँ योद्धाहरू अपाङ्ग र घाइते जीवन बितााइरहेका छन् । २०६२–०६३ को आन्दोलनमा पनि नेपाली जनतालाई मार्ने काम रोकिएन । मधेस आन्दोलनका दौरान पनि दर्जनौँ मानिसहरूको हत्या भयो । कथित स्थानीय निर्वाचन खारेजको दौरानमा समेत नेपाल कम्युनिस्ट पार्टीका धनरूप बटाला र सनराइजले आफ्नो जीवनको आहुति दिएर एकीकृत जनक्रान्तिका प्रथम र दोस्रो सहिद बन्न पुगे । यो ऐतिहासिक सङ्घर्ष र विद्रोहका शृङ्खलाको शिक्षाले के पाठ सिकाउँछ भने जब राष्ट्रमा अन्याय–अत्याचार हुन्छ, जनतामाथि उत्पीडन लादिन्छ, त्यतिखेर जनताले विद्रोह गर्दछ । जनताको विद्रोह हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । जनताले आवश्यकता परे हतियार पनि बोक्छन्, दुश्मनलाई धावा पनि बोल्छन् र आफूले नजित्दासम्म लडिरहन्छन् भन्ने कुरा प्रमाणित भइसकेको कुरा पनि हो । राज्यको कुनै पनि ताकतले जनताको विद्रोहलाई रोक्न र दबाउन सक्दैन । आजको नेपाली जनतासँग सही दर्शन, विचार, राजनीति, कार्यदिशा, रणनीति, कार्यनीति बोकेको सक्षम क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी साथमा छ । मालेमावादको सिद्धान्तले ओतप्रोत जनमुक्ति सेना छ । जनताको आफ्नो सत्ता जनपरिषद् (जनसत्ता) छ । जनताकै न्यायालय क्रियाशील छ । जनतालाई सुखदुःखमा साथ दिने स्थानीय तहसम्म पार्टीका नेता–कार्यकर्ता क्रियाशील छन् । त्यसैले, हामीले ढुक्क भन्न सक्छौँ कि यदि सुरक्षा निकायको परिचालन र दलाल सत्ताको जुनसुकै तिकडमलाई जनताले परास्त गर्नेछन् । उपसंहार सन् १९१४ जुन २८ मा बाल्कन राज्यको सानो सहर सेरावेजोमा अस्ट्रो हङ्गेरियाली हेब्स बुर्क राजवंशका उत्तराधिकारी (राजकुमार) अस्ट्रियाका आर्क डयुक फर्डिन्यान्ड पत्नी सोफियासहित सर्बियालीको आक्रमणमा गोलीको सिकार भए । यही घटनाले प्रथम विश्वयुद्धको सुरुआत भयो । २०५१ सालमा तत्कालीन संयुक्त जनमोर्चाको ४८ बुँदे मागलाई बेवास्ता गरेर राज्यले दमन गर्दा १० बर्से महान् जनयुद्ध सुरुआत भयो । यो सन्दर्भलाई सबैले मनन गर्न आवश्यक छ । दलाल सत्ताले राष्ट्रघात गरेको छ । जनघात गरेको छ । जनतामाथि अनेक प्रकारका उत्पीडन लादेको छ । भ्रष्टाचारले देश आकुल–व्याकुल बनेको छ । राजनीति ठेकेदार, भ्रष्टाचारी र व्यापारीसँग पैसा मोलमोलाइको हतियार बनेको छ । मुलुक कमिसनखोर, कालोबजारी र विचौलियाको रजाइँस्थल बनेको छ । आफूलाई ठूला दलका ठूला नेता भन्नेहरूले साम्राज्यवादको पाउमा लम्पसार परेर राष्ट्रिय स्वाधीनतालाई मागिखाने भाँडो बनाएका छन् । यस्तो परिवेशमा घोषणा गरिएको कथित संसदीय चुनावले जनता र राष्ट्रको हितमा काम गर्न नसक्ने कुरा आजसम्म उनीहरूले निर्वाह गरेका भूमिकाबाटै प्रस्ट हुन्छ । आफ्नो सत्ता स्वार्थलाई पूरा गर्न तयार गरिएको कथित गठबन्धनको नौटङ्कीले जनविरोधी खलपात्र जन्माउनुबाहेक अरू आशा गर्न सकिँदैन । नेपाल कम्युनिस्ट पार्टीको अपीललाई जनताले सहर्ष स्वीकार गरेर दलाल राज्यसत्ताको कथित चुनावविरुद्ध विद्रोह र प्रतिवाद गर्न सुरु गरेका छन् । अवश्य पनि जनताको यो विद्रोह र प्रतिवाद अझ उच्च तहसम्म लम्कनेछ । सम्पूर्ण उत्पीडित जनसमुदाय, विभिन्न पार्टी, कर्मचारी, सुरक्षा निकाय, न्यालयभित्र रहेका देशभक्त तथा राष्ट्रभक्त चिन्तन र प्रवृत्तिको एकताबद्ध सहकार्य र विभिन्न तह र तप्कामा रहेका जनसमुदायको बलियो एकताले वैज्ञानिक समाजवादको स्थापना गर्ने क्रान्तिलाई सफलताको विन्दुमा पु¥याउनेछ । नेपाल कम्युनिस्ट पार्टीको यो महान् र गौरवपूर्ण यात्रामा सहकार्य गर्न सबै तयार बनौँ । (दृष्टिकोण मासिक, वर्ष २, अङ्क ३, २०७४, पुस, काठमाडौं
 किन आवश्यक छ वैज्ञानिक समाजवाद
 
“कम्युनिस्टहरूले आफ्ना विचार र लक्ष्यलाई लुकाउन चाहन्नन् । उनीहरूले आफ्ना उद्देश्यहरू अहिलेका सबै सामाजिक अवस्थालाई बलपूर्वक फ्याँकेर मात्र प्राप्त हुन् सक्दछ भन्ने कुरा खुल्ला रूपले घोषणा गर्दछन्”, (माक्र्स–एङ्गेल्स, कम्युनिस्ट घोषणा–पत्र) ।
प्रारम्भ
क्रान्तिकारी कम्युनिस्ट पार्टी भनेको सर्वहारावर्गको सचेत र अगुवा दस्ता हो । सर्वहारावर्गको सङ्गठित दस्ता हो । सर्वहारा सङ्गठनको उच्च रूप हो । सबै जनसङ्गठनहरूको उच्च रूप हो । मजदुरवर्गको अगुवाको सजीव रूप हो । क्रान्तिकारी परिवर्तनको संवाहक हो र आर्थिक, सांस्कृतिक, राजनीतिक, सामाजिक, धार्मिक रूपान्तरणको जग हो । त्यसैले उनीहरूले जनतासमक्ष आफ्ना विचार, सिद्धान्त र लक्ष्यलाई खुलमखुल्ला र स्पस्ट ढङ्गले राख्छन् । नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल कम्युनिस्ट पार्टीले माक्र्स– एङ्गेल्सले राख्नुभएको उक्त सन्दर्भलाई आत्मसात् गर्ने मात्र होइन कि त्यो दिशाबोधलाई पूराका पूरा लागू गर्न दृढ सङ्कल्पित छ । नेपाल कम्युनिस्ट पार्टी वर्तमान दलाल संसदीय व्यवस्थालाई बलपूर्वक फ्याँकेर त्यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न चाहन्छ । वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र हाल भएका सबैखाले उत्पीडन र विभेदको अन्त्य गर्न सक्नेछ । न्यायपूर्ण र समानतामूलक समाजको स्थापनार्थ विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी क्रियाशील छ ।
 
मानवसमाज विकासक्रमको अवस्था
उत्पादन प्रणालीको विकास क्रममा उत्पादक शक्तिको विकास र परिवर्तनअनुसार मानिसको उत्पादन सम्बन्ध, उनीहरूको आर्थिक सम्बन्ध पनि बदलिँदै जाने भएकाले, समाजको विकास क्रममा देखापरेका आर्थिक आधारअनुरूप मानव समाजको विकासक्रम आजसम्म परिचालित छ । उत्पादनको साधनमा सामूहिक स्वामित्व हुने आदिम साम्यवादी युगको चरण मानव समाजले पार गरिसकेका छौँ । उत्पादनका साधनहरूमाथि दास–मालिकको स्वामित्व हुने दासयुगलाई समेत मानव समाजले पार गरिसकेको अवस्था हो । औजारहरू धातुको हुने, राज्यहरूको विकासक्रम सुरु हुने, श्रमको विभाजन हुने, बौद्धिक श्रम, शारीरिक श्रमको विभाजन हुने, शोषित जनसमुदायलाई दबाउन सेना, राज्य, कानुन आदिको जन्म र सुरुआत हुने, उद्योगहरूको अनेकन् शाखाहरू खुल्ने, दास–मालिकको नामले परियोजना, नहर, सडक, भवन आदि निर्माण हुने दास–मालिकको हकहितअनुकूल व्यवस्थाले मानव समाजको हल नहुने भएपछि त्यो युगलाई समेत मानव समाजले पछाडि छोडेर अघि बढे ।
 
उत्पादनका साधनहरूमाथि सामन्तहरूको स्वामित्व हुने सामन्तवादी व्यवस्थालाई समेत मानव समाजले धुलो चटाइदिइसकेका छन् । किसानहरूको व्यापक उत्पत्ति र विकास र जमिनहरूको मालिक सामन्तहरू नै हुने, औजारहरूमा झनै आधुनिकता आएको र समाजमा जल र वायु शक्तिको प्रयोग आरम्भ भएको सामन्तवादी व्यवस्थालाई पनि मानव समाजले देखे, बुझे र अनुभव गरे । धर्मको प्रभुत्व पनि यसै युगबाट सुरु र विकास भएको र श्रमको मूल्य, बजार र सामन्तवादी दासताको बीच सङ्घर्ष सुरु भएपश्चात् त्यही अन्तर्सङ्घर्षले सामन्तवादी युगको मानवसमाजले बिदा गरे । उत्पादनका साधनहरूमाथि पुँजीपतिको स्वामित्व हुने पुँजीवादी व्यवस्थाको आगमन भयो ।
 
ठूला उद्योग–कारखानाहरूको विकास, माल उत्पादन नाफाको लागि गरिने व्यवस्था र विद्युत विस्तार र विकासले ठूलो फड्को मारेको पुँजीवादी युगमा यी सबै विषयहरूमा पुँजीपतिको मात्रै स्वामित्व कायम रह्यो । उत्पादनको विस्तार, टेक्नोलोजीको विकास, मजदुरहरूको शोषणमा तीव्रता, उत्पादनमा अराजकता, पँुजीवादी अन्तर्विरोधको सघनीकरण, सामाजिक सम्पदाको विशाल रूपमा विनास आदि पुँजीवादका विशेषताहरू हुन् । पुँजीवाद उत्पादन विधिको सबभन्दा ठूलो अन्तर्विरोध हो । उत्पादनको सामाजिक स्वरूप र व्यक्तिगत स्वामित्वबीचको अन्तर्विरोध यो व्यवस्थाको मूल कडी हो । यो व्यवस्थाले सेना तथा आधुनिक बल प्रयोगको व्यापक विस्तार पनि ग¥यो । तर, यो पुँजीवादी युगले पनि मानव समाजको न्यायपूर्ण पक्षलाई सम्बोधन गर्न सकेन । पुँजीवादको विकास र विस्तारसँगै साम्राज्यवादमा रूपान्तरण हुन पुग्यो । त्यसले पनि ठूला–ठूला अन्तर्विरोधहरूको जन्म दिँदै आणविक होडबाजीसम्म विश्वलाई पु¥याइरहेको छ । यो व्यवस्थाको चरण अन्तिम अवस्थामा प्रवेश गरिसकेको छ, त्यसैले नेपाल कम्युनिस्ट पार्टीले आजको साम्राज्यवादलाई उत्तर सम्राज्यवाद भनेर संश्लेषण गरिएको हो । अझ यसलाई निभ्न लागेको साम्राज्यवाद वा अन्तिम चरणमा पुगेको साम्राज्यवाद वा अस्ताउन थालेको साम्राज्यवाद भनेर पनि बुझ्न सकिन्छ ।
 
वैज्ञानिक समाजवादको सङ्घारमा मानवसमाज
“कम्युनिस्टहरूको सिद्धान्तलाई एक वाक्यमा भन्ने हो भने निजी सम्पत्तिको अन्त्य गर्नु हो”, (माक्र्स–एङ्गेल्स, कम्युनिस्ट घोषणापत्र) । 
जसरी वर्गहरूको विभाजन निजी सम्पत्तिका कारणले पैदा भएको हो, त्यसैगरी ती वर्गमा देखिएको आर्थिक समस्यालाई हल गर्न पनि निजी सम्पत्तिको उन्मूलन वा अन्त्य आवश्यक छ । माक्र्स–एङ्गेल्सले निकै सुन्दर तर्क अघि सार्नुभएको थियो । लेनिनले “साम्यवादमा क्षमताअनुसारको काम र कामअनुसारको दाम” भनेर व्याख्या गर्नुभयो ।
 
वैज्ञानिक समाजवादका २ चरणहरू छन् ।  एक ः समाजवादी व्यवस्था र, दुई ः साम्यवादी व्यवस्था । यो अवस्थासम्म पुग्दा राज्य र वर्गहरूको पूर्ण उन्मूलनसम्म पुग्नेछ । आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग र पुँजीवादी–साम्राज्यवादी युगको अन्त्यपछि वैज्ञानिक समाजवादी युगको सुरुआत अनिवार्य छ । माथि नै चर्चा गरिएझँै विभिन्न अन्याय र उत्पीडनयुक्त समाजलाई पार गर्दै आइरहेको मानव समाजले अब न्यायपूर्ण समाजको आवश्यकतालाई बोध गरेको छ । वैज्ञानिक समाजवादले समानतामूलक समाजको प्रतिनिधित्व गर्ने भएकाले त्यो व्यवस्थाको अनिवार्यतालाई नेपाल कम्युनिस्ट पार्टीले जोड दिएको हो । वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादनको साधनमाथि सामूहिक स्वामित्व हुने र माल उत्पादन समाजको आवश्यकताअनुसार गरिन्छ ।
 
आजको सन्दर्भमा देखिएका आर्थिक समस्या–अराजकतालाई हल गर्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले विभिन्न तीन आधारलाई अघि सारेको छ ।  एक ः आम नागरिकका हकमा रोजगारीको पूर्ण सुनिश्चितता गर्दै, क्षमताअनुसारको काम र कामअनुसारको दामको नीति लागू गर्नुपर्छ । दुई ः पार्टी कार्यकर्ताहरूका लागि रोजगारीको अनिवार्य व्यवस्था, क्षमताअनुसारको काम र काम अनि आवश्यकताअनुसारको दामको नीति तय गरिनुपर्दछ । तीन ः पार्टी नेतृत्वमा बसेका कम्युनिस्ट नेताहरूका लागि क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको व्यवस्था गरिनुपर्दछ । जुन नीतिका आधारमा जनता र आम नागरिकले आफ्नो जीवन सुखी र समृद्ध बनाउनेछन् । कार्यकर्ताका लागि कामबाट प्राप्त आधा हिस्सा र आवश्यकताअनुसार प्राप्त गर्ने आधा भाग गरी उनीहरूको निजी जीवनमा समेत सुखपूर्ण हुनेछ । त्यसका साथै, कम्युनिस्ट पार्टीको नेतृत्वमा बसेका नेताहरूले आफ्नो सम्पूर्ण समय राज्य र जनताको काममा लगाउने र उसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्था राज्यले गर्ने कुराले नेताहरूले निजी सम्पत्ति जम्मा गर्ने अवस्थाको अन्त्य हुनेछ । नेताहरूको जीवन वैभव र विलासीपूर्ण हुनबाट रोक्नेछ । यो समाजका लागि सरल र आदर्शयुक्त हुनेछ । जुन कुरा, वर्तमान साम्राज्यवादी अवस्थााबाट हल गर्न सम्भव नै देखिँदैन । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो अभियान परिलक्षित गर्न आवश्यक छ । त्यसका लागि एकीकृत जनक्रान्तिको प्रक्रियाबाट गुर्जनुपर्ने हुन्छ, हो यसैका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीले छलफल, बहस र आन्दोलनलाई केन्द्रीकरण गर्दै अघि बढिरहेको छ ।
 

थप जानकारी

थप जानकारीको लागि । 

गीतकार

प्रगतिबाड़ी सोच भएकोले प्रसस्ता मात्रामा जनता को भवन अनुसारका गीतहरु लेख्ने गरेको छू ।

सङ्गीतकर

गीत लेख्नु का साथै संगीत दिने र गायन प्रति मेरो रुचि रहेको छ।

राजनीतिज्ञ

Politburo Member- Communist Party Of Nepal मा रहेर देशको सामाजिक आर्थिक क्रान्ति को लागि समर्पित छु ।

साहित्य

जनघातीलाई किन दिने भोट
 
जनसत्तालाई सुदृढ गर्दै कथित चुनाव खारेज गरौँ
दलाल सत्ताको उत्पीडन तोड्न सबै मिली अघि बढौँ !
झुक्याउन फेरि’नि बोकी आउलान् नोट
यी राष्ट्रघातीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनघातीलाई किन दिने भोट !
 
हाम्रो देशको नदीनाला बेचिखाने यिनै हुन्
असमान यी सम्झौताले देश ठग्ने यिनै हुन् ।
यो देशको स्रोत साधन लुटिखाने यिनै
मुल्यवृद्धि चर्काएर मस्ती गर्ने यिनै
सुकुमबासी वस्तीमाथि डोजर लाउने यिनै
भ्रष्टाचारको आहालमा रजाइँ गर्ने यिनै ।
जनसत्तालाई विस्तार गर्दै कथित चुनाव ध्वस्त पारौँ
दलाल सत्ताको उत्पीडन तोड्न कथित चुनाव खारेज गरौँ !
झुक्याउन फेरि’नि बोकी आउलान् नोट
यी भ्रष्टाचारीलाई किन दिने भोट
छक्याउन आउनेलाई दिनैपर्छ चोट
यी जनतामारालाई किन दिने भोट !
 
जनता चुस्ने यो व्यवस्था उखेलेर फाल्नैपर्छ
शान्ति, समानता, समृद्धिलाई वैज्ञानिक समाजवाद ल्याउनैपर्छ ।
उत्पीडित श्रमिकहरू सबै मिली उठौँ
राष्ट्रभक्त नेपाली हो जुर्मुराउँदै हिंडौँ
एकीकृत जनक्रान्तिको महासमरमा बढौँ
मक्किएको यो व्यवस्था एकधक्कामा फालौँ
जनसत्तालाई … ।।

प्रकाशित कृतिहरु

२०७३

लेखसङ्ग्रह

एकीकृत जनक्रान्तिका आधारहरू

I have responsibly led a team of 12 designers to help, supervise and approve their designs to make sure it matches client expectations and latest design standards.

२०७९

गीतिसङ्ग्रह

सपनाका यात्री

I was responsible for all the in-house and client-based web development assignments. I take pride in having helped the best of clients and getting maximum ratings for the company.

२०७४

गीतिसङ्ग्रह

चमचम गर्ने खुकुरी

I was a part of an amazing design team and worked together with them to help design and develop apps and websites for different clients of the company.

२०७५

गीतिसङ्ग्रह

क्रान्तिकारी रातो झन्डा

I was a part of an amazing design team and worked together with them to help design and develop apps and websites for different clients of the company.

२०७९

गीतिसङ्ग्रह

मेरो देश

I was a part of an amazing design team and worked together with them to help design and develop apps and websites for different clients of the company.

२०७९

गीतिसङ्ग्रह

साम्यवाद

I was a part of an amazing design team and worked together with them to help design and develop apps and websites for different clients of the company.

२०५० -२०७९

गीतिसङ्ग्रह

अन्य

मेरो देश (२०७९) एल्बमका फुटकर गीतहरू | रक्तिम परिवार भाग १० (२०५३) | रक्तिम परिवार भाग ११ (२०५४) | लालदस्ता (२०६३) | मुक्ति आन्दोलन (२०६४) | आवाज (भाग ४)

फोटो

गीत / सङ्गीत

मेरा केही रचना हरु- अडिओ / भिडिओ 

Scroll to Top